कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थबाङमा आगलागीबाट एउटा घर नष्ट

काशीराम डाँगी

रोल्पा — उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शंकर झाँक्रीको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको बताइएको छ ।

थबाङमा आगलागीबाट एउटा घर नष्ट

प्रहरीका अनुसार शनिबार साँझ ५ बजेतिर ५८ वर्षीय झाँक्रीको घरमा आगलागी भएको थियो । ढुंगा र माटोले बनेको ढुंगाको छाना भएको ३ तले घरमा अचानक आगलागी भएपछि आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

प्रहरी र स्थानीयले तत्काल आगो निभाउन पहल गरे पनि सफलता नमिलेको स्थानीय शिक्षक गोविन सहयात्रीले बताए । आगलागी हुँदा घरमा कोही नभएकाले मानवीय क्षति हुन सकेन । आगलागीको कारण पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा रहेको सम्पूर्ण सरसामान, अन्नपात, गरगहना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अध्ययन अनुसार आगलागीबाट एक करोड ४८ लाख बराबरको सम्पत्ति नष्ट भएको प्रहरीले जनाएको छ ।

पीडितलाई स्थानीयले खाद्यान्न लगायत आवश्यक कपडा संकलन गरेर प्रदान गरेका छन् । पीडितका लागि सहयोग संकलन गर्न स्थानीय सक्रिय भएका हुन् । स्थानीय युवा अमित घर्तीले कोरोनाका बेला संकलन गरिएको अन्न र सामान युवा संगठनको नेतृत्वमा पीडितलाई हस्तान्तरण गरिएको बताए ।

प्रकाशित : मंसिर ११, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?