पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी - लुम्बिनी - कान्तिपुर समाचार

पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी 

माधव अर्याल

पाल्पा — पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (१) मा नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ विजयी भएका छन् । निस्दी गाउँपालिका–१, बाँकामलाङमा मतगणना हुँदादेखि नै श्रेष्ठ अग्रस्थानमा थिए । रामपुर नगरपालिकामा २०७४ सालमा नगरप्रमुख पदमा पराजित भएका श्रेष्ठले यसपटक प्रदेशसभा टिकट पाएका थिए । 

श्रेष्ठको निस्दीका सात वडा र रामपुरका १० वडा साथै पूर्वखोला गाउँपालिकाको सिलुवा र रिङनेरह पर्छ । निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणामअनुसार ५ हजार ३ सय ९० मतान्तरले श्रेष्ठ विजयी भएका हुन् ।

प्राप्त मत परिणामअनुसार श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत ल्याए । श्रेष्ठलाई सुरुदेखिको अग्रताले विजयी बनाएको हो ।

प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत प्राप्त गरेका छन् । यस्तै घर चिह्नका भिमसेन सुनारी मगरले ८० मत पाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०३:५७
प्रतिक्रिया
पठाउनुहोस्

क्यानडाविरुद्ध बेल्जियमकाे कठिन जित

राजु घिसिङ

दाेहा — मिची बात्सुयीकाे गाेलमा बेल्जियमले क्यानडालाई १-० ले हराएर बुधबार विश्वकप २०२२ मा विजयी सुरुआत गरेकाे छ ।

अहमद बिन अली रंगशालामा भएकाे प्रतिस्पर्धामा बात्सुयीले खेलकाे एकमात्र गाेल ४४ औं मिनेटमा गरेका थिए । त्यसमा उनले टाेबी एल्डरवेइरेल्डकाे चलाखीपूर्ण पास उपयाेग गरेका थिए । अघिल्लाे विश्वकपमा तेस्राे स्थानमा रहेकाे बेल्जियमले ३६ वर्षपछि विश्वकपमा फर्किएकाे क्यानडाविरुद्ध जित हात पार्न कठिन संघर्ष गर्नुपर्‍यो ।

खेलकाे सुरुआतमै पाएकाे पेनाल्टीमा चुकेपछि क्यानडा अंक जाेड्न असफल भएकाे हाे । अल्फाेन्साे डेभिसले ११ औं मिनेटमा प्रहार गरेकाे पेनाल्टीमा गाेलकिपर टिबाउट काेर्टयसले बल राेक्दै बेल्जियमकाे संटक टारेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×