रुपन्देहीको देवदहमा पतिपत्नी घरभित्रै मृत फेला- लुम्बिनी - कान्तिपुर समाचार

रुपन्देहीको देवदहमा पतिपत्नी घरभित्रै मृत फेला

अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदह नगरपालिकामा पतिपत्नी घरभित्रै मृत अवस्थामा फेला परेका छन् । देवदह- ५ पाल्पाली टोलमा आफ्नै घरमा भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

केही दिनअघि वैदेशिक रोजगारमा गएका बोलिन्द्र घर आएका थिए । पत्नीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र पतिको शव पंखामा झुन्डिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

छिमेकीले खबर गरेपछि प्रहरीले घटनाबारे थाहा पाएको थियो । शव अहिले घरभित्रै छ । आफन्त आएपछि उनीहरूको रोहवरमा मात्रै शव बाहिर निकालिने प्रहरी नायव उपरिक्षक केसीले बताए ।

प्रकाशित : कार्तिक २१, २०७९ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

चुनावपछि गठबन्धन छिन्नभिन्न हुन्छ : रायमाझी

वीरेन्द्र केसी

अर्घाखाँची — एमाले केन्द्रीय सचिव एवं अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धनका दलहरु छिन्नभिन्न भएर सकिने बताएका छन् । एमालेलाई हराउन एक भएका ५ दलभित्रै तीव्र असन्तुष्टि र एजेन्डा नभएकोले चुनावमा एमालेले बहुमत ल्याउने र चुनावपछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । 

'गठबन्धन त लक्ष्य, उदेश्यविहीन छ, उसको एउटै एजेन्डा छ जसरी हुन्छ एमाले हराउने,' सोमबार सन्धिखर्कमा पत्रकार भेटघाटमा उनले भने, 'ओली नेतृत्वको सरकारले गरेको विकासका काम देखेर सबै अत्तालिए । चुनावपछि गठबन्धन भित्रका सबै दलहरू छिन्नभिन्न भएर सकिन्छन् ।'

उनले गठबन्धनको अस्तित्त्व नै संकटमा रहेको बताए । चुनावपछि मुलुकमा दुई ध्रुवको राजनीतिक वातावरण बन्ने उनको दाबी छ । पुँजीवादको नेतृत्व कांग्रेसले गर्ने र समाजवादीको नेतृत्व एमालेले गर्ने उनले बताए । एमाले नेतृत्वको सरकारले देशको विकास गर्ने उनले बताए ।

प्रकाशित : कार्तिक २१, २०७९ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×