१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

चुनावपछि गठबन्धनले ५ वर्ष सरकार चलाउँछ : भुसाल

वीरेन्द्र केसी

अर्घाखाँची — निवर्तमान उपसभामुख एवं अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसाल गौतमले मंसिर ४ गते हुने चुनावमा गठबन्धनले बहुमत ल्याउने र चुनावपछि ५ वर्षसम्म सरकार चलाउने दाबी गरेकी छन् । उनले संविधानलाई जोगाउँदै विकास र समृद्धिको काम गठबन्धन सरकाले मात्रै गर्न सक्ने बताइन् ।

चुनावपछि गठबन्धनले ५ वर्ष सरकार चलाउँछ : भुसाल

पाणिनि गाउँपालिका- ६ धातीवाङको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले उपलब्धिलाई बचाएर मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताइन् ।

‘जतिबेला पनि संविधान खोसिन सक्छ‚ त्यसैले गठबन्धनले जितेर सत्ता चलाउनु आवश्यक छ,’ उनले भनिन्, ‘जनताको अधिकार सुरक्षित गर्न र देशको विकास गर्न चुनावपछि पनि गठबन्धन रहनु जरुरी छ ।’

चुनावपछि गठबन्धनका दलहरू मिलेरै सरकार गठन गरिने पनि उनले बताए । जितेर सरकार बनाएर गाउँको विकास गर्ने अवसर दिन उनले आग्रह गरिन् ।

प्रकाशित : कार्तिक १७, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?