कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बारबर्दिया नगरपालिका—७ मा शनिबार बिहान हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गको ठेली खोला नजिक रम्मापुरका करिब ५०/५५ का सोलिराम चौधरीलाई आक्रमण गरी मारेको सशस्त्र प्रहरी बलले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रात:भ्रमण निस्केका का उनलाई हात्तीले एक्कासि आक्रमण गरी मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढा मगरले जनाए ।

धानबाली पाकेको र काटेर राखेको खान आउने हात्ती यतिखेर मध्यवर्ती क्षेत्रमा आतंक फैलाएको स्थानीयले बताएका छन् ।

प्रकाशित : कार्तिक ५, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?