कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

बर्दियामा डुंगा पल्टियो, १३ यात्रुको सकुशल उद्धार

डुबेर बेपत्ता तीन मोटरसाइकल र १० मोबाइलको खोजी जारी
कमल पन्थी

बर्दिया — मधुवन नगरपालिका र बारबर्दिया जोड्ने कुम्भ्राघाटमा आइतबार दिउँसो डुंगा पल्टिएको छ । १३ जना यात्रु चढेको सानो डुंगा बबई नदी पार गर्नेक्रममा पल्टिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । उनका अनुसार डुंगामा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । 

दुई वटा मोटरसाइकल, स्कुटी भने बबई नदीमा डुबेकोले फेला पार्न सकिएको छैन । यात्रुले बोकेको १० वटा मोबाइल पनि बबई नदीमा डुबेको छ ।

डुंगामा क्षमताभन्दा बढी यात्रु र मोटरसाइकल राख्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । डुबेका मोटरसाइकल र स्कुटीको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक बुढामगरले बताए ।

प्रकाशित : आश्विन ३०, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?