२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेसमा प्रवेश

कान्तिपुर संवाददाता

भैरहवा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगर सभापति चन्द्रभक्त श्रेष्ठ शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान यहाँ आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाणले श्रेष्ठलाई पार्टी प्रवेश गराएर सदस्यता प्रदान गरेका हुन् ।

राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेसमा प्रवेश

श्रेष्ठ नेवा खल: सिद्धार्थ नगर समितिको उपाध्यक्ष समेत हुन् । लामो समय लुम्बिनी विकास कोषमा काम गरेका इन्जिनियर श्रेष्ठको प्राकृतिक चिकित्सा विज्ञानमा दख्खल रहेको पार्टी प्रवेश कार्यक्रममा जानकारी गराइएको थियो ।

जिल्ला सभापति खाँणका अनुसार श्रेष्ठलाई पार्टी प्रवेश लगत्तै आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री खाँण रुपन्देही–३ बाट उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धीका रुपमा राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा रहेका छन् ।

प्रकाशित : आश्विन २८, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?