कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बबईले पुन : खतराको चिन्ह पार गर्‍यो

कमल पन्थी

बर्दिया — मंगलबार रातीदेखि परेको अबिरल वर्षाले बबई नदीले खतराको चिन्ह पार गरेको छ । चेपांगस्थित जलमापन केन्द्रमा बबईको जलस्तर ६ दशमलव ५ पुगेको छ ।

बबईले पुन : खतराको चिन्ह पार गर्‍यो

पहाडी भूभागमा लगातार पानी परेकोले यो क्रम बढ्न सक्ने आकलन स्थानीय प्रशासनको छ । बबईमा जलस्तर ६ मिटर माथि पुगेपछि बाढीको सतर्कता नाघेको हुन्छ । शुक्रबार सल्यान,दांङ र बर्दियामा रातीदेखि अविरल वर्षा भएका कारण बबईमा जलस्तर खतराको चिन्ह पार गरि सकेको छ । राती बबईमा ७ मिटर पानी बगेकोमा विहान ५ दशमलव ५ मिटर पानी बगेको थियो । दिउँसो १२ बजे देखि पुनः बबईमा पानी बढ्दै गएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । वर्षात रोकिएको छैन,' उनले भने,’यस्तै अवस्था रहृयो भने सदरमुकाम गुलरिया र आसपासका पालिका डुबानको जोखिममा हुने छन् । बढी रहेको पानी साँझसम्म गुलरिया पुग्न साथ बाढीले दर्जनौं घर डुबानमा पर्ने जोखिम छ ।

बबई कटानले गुलरियाको थपुवा उच्च जोखिममा परेको छ । शुक्रबार विहानैबाट सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मीले कटान रोक्न बोरामा बालुवा भर्दै अस्थायी तटबन्ध निर्माण गरेका छन् । यहाँबाट बबईको पानी पसे गुलरियाको दक्षिणी भेग पुरै डुबानमा पर्ने जोखिम रहेकोले अस्थायी तटबन्ध गरिएको सशस्त्र प्रहरी उपरिक्षक जहर सिंह बुढाले जनाए । बाढी र डुबानले हालसम्म सय बढी घर प्रभावित भएको छ ।

क्याप्सन—बबई नदीमा आएको बाढी र कटान क्षेत्र गुलरियाको प्रयागपुरमा सुरक्षाकर्मी परिचालित ।


प्रकाशित : आश्विन २१, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?