कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबानले बाँकेमा २ सय ५० भन्दा बढी विस्थापित

जे पाण्डे

नेपालगन्ज — बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका- १ को चौफेरि बस्तीका २ सय ५०  भन्दा बढी बासिन्दा  डुवानमा परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले  चौफेरि गाउँका कम्तीमा ८० घर परिवारका अढाइ सय  बासिन्दालाई  नजिकैको एउटा आश्रय स्थलमा राखेको जानकारी दिए ।

डुबानले बाँकेमा २ सय ५० भन्दा बढी विस्थापित

राप्ती नदी र डुडुवा नालाको बीचमापर्ने चौफेरि गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो । ढुवान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । कच्ची घरहरु भत्कन थालेका छन् । बिस्थापितहरु गाँस बासको समस्यामा छन् ।

यसै क्रममा बाँकेको नरैनापुरका विभिन्न क्षेत्र पनि जलमग्न भएका छन् । नरैनापुरको बनिया गाँउ, घोडदौरिया, जमुनहा, र दोधदरा बस्ती जलमग्न भएको प्रहरीले जनाएको छ । घोडदौरीया गाउँका १० वटा घर भत्केका छन् । घर भित्र बस्न नसक्ने भएपछि प्रभावित बासिन्दाले सरसामान सार्न थालेका छन । कतिपय पाल टाँगेर बसेका छन् ।


प्रकाशित : आश्विन २०, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?