जे पाण्डे

जे पाण्डेका लेखहरु :

नेपालगन्जमा लागूऔषध भण्डार

लागूऔषध ब्राउन सुगरको लतमा फसेका बाँके बैजनाथ गाउँपालिका–३ का वडाध्यक्ष रामचरण थारूसँगै सुरज थारू, सुन्दर थारू र ध्रव थारूलाई गत सोमबार प्रहरीले पक्राउ गर्‍यो । प्रहरी देख्नासाथ उनीहरूले ब्राउन सुगर माटोमा फालेका थिए । 

फेरिँदै ‘मगन्ते’ संस्कार

रेखा मगन्ता अहिले प्रस्ट नेपाली बोल्न सक्छिन् । उनको मातृभाषा अवधी हो । घरघरै भिख माग्दै हिँडेर जीविकोपार्जन गर्नु उनको पुर्ख्यौली चलन थियो । उनले भने उक्त संस्कार चटक्कै छाडेकी छन् । श्रम गरेर कमाएको पैसाले सानो घर बनाएकी छन् । घरको एउटा कोठामा सिलाइकटाइ र शृंगार सामग्रीको पसल चलाएकी छन् ।

क्षतिपूर्ति पाउनै सकस

बाँके निकुञ्ज र आसपासका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको छ । लगातार वन्यजन्तुले मध्यवर्तीका बासिन्दामाथि आक्रमण गर्न थालेपछि स्थानीयमा आक्रोश बढेको हो । यसले संरक्षणकर्मी र उपभोक्ताबीच असमझदारी देखिएको छ । 

बढ्दै शीतलहरको सास्ती

बाक्लो कुहिरोले बाँकेलाई ढपक्कै ढाकेको छ । त्यसमाथि पनि शीतलहर चलेको छ । सिपाहीलाल यादव तप्तप् तालुमा परेका शीतका थोपा पुछ्दै थिए । जीउ पूरै हिउँजस्तै चिसो भइसकेको उनले बताए । भेरी प्राविधिक शिक्षालय जाने मोडको फुटपाथमा रात बिताउँदै आएका उनी मजदुर हुन् ।

राप्ती सोनारीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो ।

बगर बन्यो आश्रय

मुटु नै कमाउने पुसको जाडो छ । खेतको डिलको एउटा खटियामा ७ वर्षीय किसन र उनका भाइ विशाल चिसोले काँप्दै थिए । सिँगान बगेको थियो, अनुहारमा झिँगा भन्किरहेका थिए । आङमा एकसरो पातलो कपडा ।

हवाई उडान सुरक्षामा चुनौती

दुई महिनायता नेपालगन्ज विमानस्थलको धावनमार्गमा उडान गर्न लागेका दुईवटा जहाजमा वन्यजन्तु ठोक्किए । सीता एयरको जहाजमा तीनवटा बँदेल र बुद्ध एयरलाइन्सको जहाजमा दुम्सी र स्याल ठोक्किएका हुन् । त्यसले जहाज उडानमा सुरक्षा चुनौती देखिएको छ ।

पराल बाल्दै, आक्रोश निभाउँदै

राज अली बिहानको खाना खाइवरी तयार भए । लाइटर गोजीमा राखेर घरदेखि पश्चिम ‘खलिहान’ तिर हिँडे । जहाँ परालका थुप्रै टौवा थिए । एक जना सहयोगी बोलाए । टौवाबाट धमाधम पराल तान्न थाले । ‘पैरामे जल्दी आग लगा दे’ भन्दै सहयोगीलाई काम अह्राएको केही बेरमा पराल दन्किन थाल्यो । हेर्दाहेर्दै सबै पराल खरानी भयो ।