कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरो खस्दा सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध

वीरेन्द्र केसी

अर्घाखाँची — तीन दिनदेखि लगातार परेको वर्षाका कारण सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिकाको घुम्ती भन्ने स्थानमा हिजोदेखि पहिरो खसिरहेकाले बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध

सडकमाथिबाट लेदोसहितको पहिरो निरन्तर खसिरहेको छ । पहिरो हटाउन डोजर परिचालन गरे पनि पहिरो खस्न नछाडेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

पहिरो सडकमा थुप्रिएकाले हटाउन समस्या भएको उनले बताए । ‘पहिरो हटाएको एकैछिनमा फेरि खस्छ,’ उनले भने, ‘पहिरो खस्दा जोखिम भयो ।’

प्रकाशित : आश्विन २०, २०७९ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?