कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्धिखर्क-गाेरूसिंगे सडक अवरुद्ध

वीरेन्द्र केसी

अर्घाखाँची — रातभर परेको अविरल वर्षाका कारण सन्धिखर्क-गाेरूसिंगे सडक खण्डको घुम्तीमा पहिराे जाँदा  सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा दसैंमा जिल्ला बाहिरबाट घरमा आउने यात्रु अलपत्र परेका छन् । सडकमाथिबाट पहिराे खस्दा सडक बिहानैदेखि अवरुद्ध भएको प्रहरी निरीक्षक अर्जुन पाैडेलले बताए ।

स्थानीय तहसँगकाे समन्वयमा पहिराे हटाउन पहल भैरहेको उनले बताए । रातिदेखि परेको वर्षा अहिले पनि जारी छ, जसका कारण दसैंकाे टीका थाप्न घरमा आउजाउ गर्न समस्या भएको छ ।

प्रकाशित : आश्विन १९, २०७९ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?