कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा खोलामा डुबेर दुई बालकको मृत्यु

दुर्गालाल केसी

दाङ — लमहीस्थित अर्जुनखोलामा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको छ । लमही नगरपालिका ६ स्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही ४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको मृत्यु भएको हो ।

दिउँसो पाँच जना साथीहरू नुहाउन गएकामा दुई जनाको मृत्यु भएको प्रहरी नायव निरीक्षक प्रकाश जैसी ढकालले जानकारी दिए । उनका अनुसार बालकहरू डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल४१ नम्बर रिजर्भ गण अर्जुनखोलाकाको टोली खोज तथा उद्धारमा खटिएका थिए ।

प्रकाशित : आश्विन १८, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?