कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्घाखाँचीमा दोब्बर भाडा असुल्नेलाई धमाधम कारबाही

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क-गोरुसिंगे रुटमा सवारीसाधनले दसैंका यात्रुसँग दोब्बर भाडा उठाएर थालेपछि ट्राफिक प्रहरीले ६ वटा बसलाई जरिवाना गरेको छ । तोकिएको भन्दा दोब्बर भाडा तिर्ने यात्रुको रकम बसबाट फिर्ता गराइएको छ । काठमाडौं, बुटवललगायत सहरबाट सार्वजनिक सवारीमा यात्रा गरेर आउने यात्रुसित गाडीवालाले मनपरी भाडा असुलेको व्यापक गुनासो आएपछि प्रहरीले सन्धिखर्कदेखि पत्थरकोटसम्म विभिन्न ठाउँमा जाँचलाई तीव्रता दिएको छ । 

अर्घाखाँचीमा दोब्बर भाडा असुल्नेलाई धमाधम कारबाही

ठाडा क्षेत्रमा दोब्बर भाडा असुल्ने ६ वटा गाडीलाई नियन्त्रणमा लिएर ३५ जना यात्रुको बढी भाडा फिर्ता गरिएको अस्थायी ट्राफिक पोस्ट ठाडाका प्रहरी झविन्द्र कुँवरले जानकारी बताए । बस, जिप, हाइस, ट्याक्सीलाई रोकेरै सबै यात्रुलाई भाडा कति तिरेको हो भनेर सोध्ने गरिएको उनले बताए । बढी भाडा लिएको पाइएमा फिर्ता गराएर गाडीवालालाई जरिवाना गरिने उनले बताए ।

‘गोरुसिंगेबाट सन्धिखर्क जाने गाडीले रजिया, चाक्ला भेडामारा, ठाडा, सितापुर, सुपादेउराली नरपानी आउजाउ गर्दा समेत तोकिएको भन्दा दोब्बर, तेब्बर छन्,’ शितगंगा नगरपालिका-३, ठाडाका सुधन पौडेलले भने, ‘२ सय २० रुपैयाँ भाडा लिनुपर्नेमा ५ सय रुपैयाँ उठाइएको छ ।’ चाडबाडका बेला सर्वसाधारण यसैगरी मर्कामा पर्ने गरेको उनले गुनासो गरे ।

गोरुसिंगेबाट चक्ला आएका देवेन्द्र भुसालले गाडीमा बसेपछि पूरै भाडा लाग्छ भन्दै माइक्रोले दोब्बर भाडा ५ सय रुपैयाँ लिएको बताए । तोकिएको भाडादरमा जान नसकिने भन्दै बस, हाइस तथा जिप चालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ । यात्रा गर्नुअघि नै जिप चालकले दोब्बर भाडा दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको छ ।

प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले भाडादर कार्यान्वयन भए/नभएको बारे सन्धिखर्कदेखि पत्थरकोटसम्म फिल्डमै पुगेर जाँच गरिएको बताए । गाडी रोकेरै प्रहरीले सबै यात्रुलाई बढी भाडा तिरेको हो कि होइन भनेरै सोधेर बुझ्ने काम गरेको उनले बताए । यात्रुबाट मनपरी भाडा असुलेको, झोला र सामानको अतिरिक्त शुल्क तोकेको, यात्रुलाई अभद्र व्यवहार गरेको यात्रुले गुनासो उनले बताए ।

प्रकाशित : आश्विन १७, २०७९ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?