कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
फोटो फिचर

पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती

माधव अर्याल

पाल्पा — पाल्पाका कोत र दसैंघरमा फूलपाती भित्र्याइएको छ । तानसेन जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको २ सय वर्षभन्दा पुरानो दसैंघरमा पनि फूलपाती भित्र्याइएको छ । 

पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती
पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती

तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुई सय ३ वर्षअघि तानसेन दरबार परिसरमा दसैंघर स्थापना गरेका हुन् । त्यसैमा परम्परागत तरिकाले फूलपाती भित्र्याइएको हो । बाजागाजासहित रातो डोलीसहित फूलपाती लिन जाने परम्परा छ । दरबारबाट सैनिकको धुनसहित असनटोल, नारायणटोल हुँदै टुँडिखेल नागपोखरी नेपाली सेनाको फूलपाती लिन गएका थिए । दसैंघरमा सलामी दिने र बाजा बजाउँदै नेपाली सेनाको ब्यारेकमा फूलपाती लिन जाने परम्परा रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । विभिन्न १० किसिमको फूलपाती पूजाआजासहित बली दिएपछि पुन: बजार परिक्रमा गरी दसैंघरमा भित्र्याइएको हो ।

पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती

निशान भगवती र दसैंघरमा फूलपाती भित्र्याउँदा सेना, सहस्त्र प्रहरी, जनपद प्रहरीको टोलीबाट सलामी दिइएको थियो । दसैंघरमा भगवती, गणेश, अमरनारायणलगायत सलामीसहित फूलपाती बढाइँका साथ भित्र्याउने चलन रहेको पुजारी हरिकृष्ण शर्मा गौतमले बताए । यहाँ घटस्थापनादेखि जमरा राखेर पूजाआजा गर्ने परम्परा छ । कोतघर (दसैं) मा दैनिक पूजाआजा गर्ने गरिन्छ ।

पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती

पहिला भने सैनिक सलामीसहित दैनिक पूजा गर्ने चलन थियो । प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, कर्मचारी र मन्दिरका पुजारी दसैंघरबाट बाजागाजासहित फूलपाती लिन टुँडिखेलस्थ्ति नागपोखरीस्थित नेपाली सेनाको ब्यारेकमा जाने चलन छ ।  

पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती

फूलपाती भित्र्याउँदा सैनिक र प्रहरीले देवीदेवतालाई सलामी दिए । दसैंघरमा पूजाआजासहित फूलपाती लिन जाने चलन वर्षौंअघिको हो । स्थानीयको अनुभवमा काठमाडौंको टुँडिखेलमा जस्तै बढाइँ गर्ने चलन थियो । तोप, बन्दुक पड्काएर सलामी दिने चलन थियो । सशस्त्र द्वन्द्वपछि भने यो सबै हराएको हो । तानसेनमा गोरखाबाट समेत फूलपाती ल्याउने शाहवंशीय परम्परा थियो । 

पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती

२०४६ सालको परिवर्तनपछि भने त्यस्तो परम्परा हटेको संस्कृतिविद् मदन देउरालीले बताए । अहिले परम्परा धान्नका लागि मात्रै दसैंघरमा पूजा राख्ने गरिएको छ । सैनिक र प्रहरी साथै प्रशासनले परम्परा धान्ने काम गरेको उनले बताए । जिल्लाका मुझुङ्, छहरा, भुवनपोखरी, बौघागुम्हा, मस्याम, बीरकोट, जब्गादी, सिलुवा, रामपुरलगायत स्थानमा रहेका कोटघरका साथै व्यक्तिका घरमा समेत फूलपाती भित्र्याइएको छ । 

पाल्पाका कोत र दसैंघरमा भित्र्याइयो फूलपाती

प्रकाशित : आश्विन १६, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?