कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘साइकल प्लाङ्क ब्यालेन्स’ को उपाधि सुशान्तलाई

मनोज पौडेल

कपिलवस्तु — साइकल प्लाङ्क ब्यालेन्स प्रतियोगिता (पानीमाथि बनाइएको ट्य्राकमा साइकल चलाउने खेल) को उपाधि कपिलवस्तुका सुशान्त थापाले चुमेका छन् । उनले १२ दशमल ३७ सेकेन्ड दूरी पार गरेर प्रथम भएका हुन् । उनलाई ५० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । 

‘साइकल प्लाङ्क ब्यालेन्स’ को उपाधि सुशान्तलाई

साहसिक र एडभेन्चर खेलको प्रवर्द्धन गर्दै प्रतिभा विकास गर्ने उद्देश्यले लायन्स क्लब अफ कपिलवस्तुद्वारा वाणगंगा नगरपालिकाको राजापानीमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा तीन महिलासहित एक सय २५ जना सहभागी थिए ।

बुटवल, भैरहवा, पाल्पा र नेपालगन्जका साइकलिस्ट सहभागी थिए । प्रतियोगितामा १५ दशमलब ५ सेकेन्डमा दूरी पार गरेर रुपन्देहीका रिजन बन्जाडे दोस्रो र १६ दशमलब २८ सेकेन्डमा निर्धारित दूरी पार गरेर कपिलवस्तुका सौरभ शर्मा तेस्रो भएका थिए ।

त्यस्तै कपिलवस्तुका सुदीप घिमिरेले १६ दशमलब ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । उनीहरूलाई क्रमश: २५ हजार, १५ हजार र स्मार्ट वाच र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार र प्रमाणपत्र लुम्बिनी प्रदेशसभा निवर्तमान सदस्य विष्णु पन्थी र वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले वितरण गरेका थिए ।

पोखरीमाथि ५२ मिटर लामो र नौ इन्च चौडा काठको ट्र्य्राक बनाई साइकल चलाउन लगाइएको थियो । पोखरीमा ४ फिट पानी राखिएको थियो । पहिलो चरणमा ८ जनाले मात्र दूरी पार गर्न सकेका थिए ।

प्रकाशित : आश्विन १६, २०७९ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?