कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सांसदलाई सम्मान

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशका सांसदहरूलाई शुक्रबार सम्मान गरिएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकास्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माण गरिएको  नवनिर्मित संसद् भवनमा पहिलोपल्ट प्रदेशसभा सदस्यहरूलाई सम्मान गरिएको हो ।

प्रदेश सांसदलाई सम्मान

प्रदेशसभा सचिवालयले प्रदेशका पहिलो सांसदका रूपमा सम्मान गरेको हो । कार्यक्रममा दसैं, तिहार र छठ पर्वको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलगायत मन्त्री र सांसदहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : आश्विन १४, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?