छोराको हत्या 

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका-११ विजयनगरमा बुधबार राति छोराको हत्या गरी बाबु फरार भएका छन् ।

करिब ४५ वर्षीय लौरंगलाल थारुले मदिरा सेवन गरी २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका छन् ।

पेटमा गम्भीर चोट लागेका विवेकको उपचारका लागि गुलरिया ल्याउँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दिया मुद्दा फाँटका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाले बताए । सामान्य विवादपछि आवेशमा आएर बाबुले छोरालाई कुटपिट गरेका हुन् ।

प्रकाशित : आश्विन १३, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्

लेलेबाट चोरिएको पार्वतीको मूर्ति क्यालिफोर्नियामा

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको लेलेस्थित सरस्वती कुण्डबाट चोरिएको पार्वतीको मूर्ति अमेरिकाको क्यालिफोर्नियास्थित एक निजी संग्रहमा फेला परेको छ ।

चोरिएका वा हराएका कला–सम्पदाको खोजी तथा पहिचानमा जोडिएको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, सन् १९८४ मा लेले सरस्वती कुण्डबाट चोरिएको १४ औं शताब्दीको यो सम्पदा पार्वतीको मूर्तिलाई नेपाल तथा विदेशका बिभिन्न कलाविद्ले आफ्नो सोधमा उल्लेख गर्दै आएका छन् । कला अन्वेषक लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) पुस्तकमा पनि लेले, सरस्वती कुण्डबाट चोरिएको पार्वती मूर्तिबारे उल्लेख गरिएको छ ।

यही मूर्तिबारे लेखक न्यान्सी टिङ्ग्ले र नुतनधर शर्माको पुस्तक ‘सेलेसियल रियाल्म्स : द आर्ट अफ नेपाल फ्रम क्यालिफोर्निया कलेक्सन्स(२०१३)’मा समेत उल्लेख छ । तर, निजी संग्रहकर्ताको नाम र विवरण भने अझै अस्पष्ट छ ।

प्रकाशित : आश्विन १३, २०७९ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×