कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा जिप दुर्घटना : चार जना घाइते 

माधव अर्याल

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहरा बजारनजिकै बिहीबार बिहान भएको जिप दुर्घटनामा  चार जना घाइते भएका छन् । 

पाल्पामा जिप दुर्घटना : चार जना घाइते 

बुटवलबाट पाल्पाको रैनादेवी छहरा–६, जुठापौवाका लागि यात्रु लिएर हिँडेको लु १ ज १४३१ नम्बरको जिप दुर्घटना हुँदा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा झापाका कृष्णबहादुर राई, पाल्पा जुठापौवाका हिरा पुन, दीपक पुन र छविला रास्कोटी घाइते भएका छन् ।

घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जिप छहरा र अमलाबासको बीचमा पर्ने भैरव नवदीप माविको निर्माणाधीन भवनमाथि पुगेको छ । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : आश्विन १३, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?