कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेबाट हराएका दुई बालिका एक हप्तापछि सकुशल भेटिए

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कुसुमबाट हराएका दुई बालिका एक हप्तापछि फेला परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बिक र निशा परियार यही असोज ४ गते राति घरबाटै हराएका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लका अनुसार दुवै बालिका पोखरामा सकुशल भेटिएका छन् ।

‘बालिकाहरू पोखरामा फेला परेको परिवारले जानकारी गराएको छ,’ मल्लले भने ,‘उनीहरू कसरी र कोसँग पोखरा पुगे भन्नेबारे थप अनुसन्धान गर्दैछौं ।’

गत मंगलबार बेलुका करिब ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरू एक्कासी हराएका थिए । बालिका हराएको दुई दिनपछि बिहीबार परिवारले इलाका प्रहरी कार्यालय कुसुममा निवेदन दर्ता गराएका थिए । इप्रका कुसुमले परिवारसँग बालिकाको फोटो मागेर हुलियासहितको विवरण इलाका प्रहरी कार्यालय कोहलपुरमा पठाएको थियो ।

दुवै बालिकाका आमा दोस्रो विवाह गरेर गएका छन् । बुवाले दोस्रो विवाह गरेपछि निशा मावली हजुरबुवासँग बस्दै आएकी थिइन् भने बन्दना कान्छी आमा र हजुर आमासँग बस्दै आएकी थिइन् ।

प्रकाशित : आश्विन ११, २०७९ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?