कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ वर्षीया बिरामीले अस्पतालमै गरिन् आत्महत्या

रुपा गहतराज

नेपालगन्ज — बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक किशोरीले अस्पतालमै आत्महत्या गरेकी छन् । सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षीया किशोरीले सोमबार मध्याह्न १२ बजेर ४५ मिनेटमा अस्पतालको छतमा गई ढोकाको ह्यान्डिलमा पासो लगाइ आत्महत्या गरेको बताइएको छ ।

१५ वर्षीया बिरामीले अस्पतालमै गरिन् आत्महत्या

डिम्बाशयको क्यान्सर भएर असोज ६ गते ती किशोरी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन् । र असार महिनादेखि फलोअपमा अस्पताल आइरहेकी थिइन् ।

बिरामी परेपछि उनकी आमा पनि अस्पतालमा उनलाई कुरेर बसिरहेकी थिइन् । आमा खाना खान निस्किएको बेलामा आमासँगै निस्किएकी ती किशोरीलाई नर्सले औषधि खुवाउन खोज्दा बेडमा नभेटेपछि अस्पतालको छतमा उनको शव भेटिएको थियो ।

‘फलोअपमा आइरहनुभएको थियो अवस्था जटिल भएपछि असोजबाट भर्ना हुनुभएको हो,' अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यले भने, 'अवस्था त सामान्य थिएन । तर किमो चढाइरहेको थियो ।’ मानसिक रुपमा आफूलाई कमजोर बनाएर बिरामीले नै यस्तो निर्णय लिएपछि आफूहरू दुखी बनेको डा. आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार प्रहरीको प्ररम्भीक अनुसन्धानमा आत्महत्या देखिएको बताए । पोष्टमार्टमपछि परिवारले शव बुझिसकेको प्रहरीले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार ती किशोरीलाई क्यान्सरको चौथो स्टेज भइसकेको थियो । र उपचारमा अहिलेसम्म परिवारको १३ लाख रुपैयाँ खर्च भइसकेको थियो । मृतकका बावु रोजगारीको क्रममा भारतमा छन् । उनी कान्छी आमाको साथमा बस्दै आएकी थिइन् ।

प्रकाशित : आश्विन ११, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?