कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-भारत सीमामा पर्खाल लगाउनुपर्छ : वामदेव गौतम

कमल पन्थी

बर्दिया — वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए ।

नेपाल-भारत सीमामा पर्खाल लगाउनुपर्छ : वामदेव गौतम

०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले सोमबार कान्तिपुरसँग बोल्दै उक्त कुरा बताएका हुन् । ‘म प्रधानमन्त्री भएँ भने भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल-भारत सीमामा पर्खाल लगाउने हुने छ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा लागू गर्नुपर्छ ।’ पर्खाल लगाउँदा आधा-आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।

अर्को एक जिज्ञासामा उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कहीँबाट पनि नलड्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने उनको भनाइ छ । म राष्ट्रिय सभा सदस्य छु । मलाई चुनाव लड्ने आवश्यकता छैन,’ गौतमले भने, ‘म बाजुन्जेल राजनीति गर्छु ।’

०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूर्ण भएको उनले बताए । ‘विदेशबाट आएकाले त्यही देशको नागरिकता त्याग गरेको प्रमाणपत्रको आधारमा अंगीकृत नागरिकता दिनुपर्छ । तर‚ अंगीकृत नागरिकलाई सांसद, मन्त्रीलगायत कुनै पनि राजनीतिक अधिकार दिन हुन्न ।’

प्रकाशित : आश्विन १०, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?