कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्जमा छात्राहरूलाई एक महिने कराते तालिम

रुपा गहतराज

नेपालगन्ज — छात्राहरूलाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को सहयोगमा एक महिने निःशुल्क कराते तालिम सुरु गरिएको छ । सोमबारदेखि दुईवटा सामुदायिक विद्यालयमा यस्तो तालिम सुरु गरिएको हो ।

नेपालगन्जमा छात्राहरूलाई एक महिने कराते तालिम

नेपालगन्जस्थित कन्या माध्यमिक विद्यालय सल्यानी बाग र गौस्या माविका विद्यार्थीलाई लक्षित गरी निःशुल्क तालिम सुरु गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले यस्ता तालिमले समाजमा किशोरीहरूमाथि भइरहेका घटना रोक्न मद्दत गर्नुका साथै मानसिक स्वास्थ्य सन्तुलित राख्न सहयोग पुर्‍याउने बताए।

‘विभिन्न घटना भएका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो,’उनले भने, 'तालिममार्फत् किशोरीहरूलाई आत्मरक्षा गर्ने कलासँगै आत्मबल बढाइने छ ।’

निःशुल्क तालिममा झण्डै ३० जना छात्राको सहभागिता रहेको बताइएको छ। तालिममा सहभागी कन्या माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत माहिरा हलुवाइले किशोरी तालिमपछि आफूहरूमा आत्मबल बढ्ने अपेक्षा गरेकी छन् ।

छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि एक महिने निःशुल्क कराते तालिम उद्घाटन कार्यक्रममा अभिभावक संघका अध्यक्ष रहिस हलुवाइ, विद्यालय व्यवस्थापन समितिका सदस्य नाजमा हलुवाइ, प्रशिक्षक सकिल राई, प्रशिक्षक साना राई लगायतको उपस्थिति थियो।

प्रकाशित : आश्विन १०, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?