९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

राष्ट्रपतिविरुद्ध पश्चिम नवलपरासीमा आन्दोलन

नवीन पौडेल

परासी — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विरोध प्रदशर्न भएको छ । वर्षौंदेखि नागरिकता विहीनहरूको पीडामा राष्ट्रपति गम्भीर नभएको भन्दै यहाँस्थित युवा संघर्ष समितिले विरोध जनाएको हो ।

राष्ट्रपतिविरुद्ध पश्चिम नवलपरासीमा आन्दोलन

सदरमुकाम परासीको बुद्धचोकमा युवाहरुले शुक्रबार टायर बालेर नारावाजी गरेका थिए । युवा संर्घष समिति नवलपरासीका संयोजक रघुविर शर्माले राष्ट्रपतिको कदम नसच्याएसम्म आफूहरूले आन्दोलन जारी राख्ने चेतावनी दिए ।

यस्तै जिल्लामा जनता समाजवादी पार्टीले पनि राष्ट्रपतिले संविधान विपरीत विधेयक प्रमाणीत नगरेको भन्दै वरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित : आश्विन ७, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षा हटाउने शिक्षा विधेयकको प्रावधानबारे संसदीय समितिमा बहस चलिरहेको छ । तपाईंको राय के छ ?