कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यांग खोलामा दुई बालक मृत फेला

कमल पन्थी

बर्दिया — बासगढी नगरपालिका-९ माछागढका दुई बालक मृत अवस्थामा फेला परेका छन् । शव ग्यांग खोलामा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अबेरसम्म घर नआएपछि राति १० बजे पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बिहान खोजी गर्ने क्रममा ग्यांग खोलामा ९ वर्षीय विकल्प विक र ७ वर्षीया रोशन खत्रीको शव फेला परेको बताए ।

उनीहरू खोलामा नुहाउने क्रममा डुबेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक शाहीले जनाए । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब २० किमी उत्तरपूर्वमा पर्दछ ।

प्रकाशित : आश्विन ७, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?