कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा च्याउ टिप्‍न गएका निकुञ्जमा बेपत्ता

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जभित्र बुधबार च्याउ टिप्न समूहमा गएका एक जना बेपत्ता भएका छन् । ५ जना निकुञ्ज पसेका मध्ये बारबर्दिया नगरपालिका—१ जोधीपुरका ३८ वर्षीय छोटेलाल थारु घर नफर्केपछि खोजतलास सुरु गरिएको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना, कर्मचारी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खोजी गरिरहेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले च्याउ टिप्न भनेपनि माछा मार्ने उद्देश्यका साथ निकुञ्ज पसेको आशंका गरिएको बताए ।

बिहानदेखि खोजतलास जारी रहेपनि उनको अवस्था अज्ञात रहेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जनाए ।

प्रकाशित : आश्विन ६, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?