कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

लुम्बिनीमा किशोरी प्रजनन दर उच्च

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा, असोज २ । लुम्बिनी प्रदेशमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । प्रदेशमा अहिले किशोरी प्रजनन दर ५७ प्रतिशत छ । यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले बताए ।

लुम्बिनीमा किशोरी प्रजनन दर उच्च

किशोरी अवस्था १५ देखि १९ वर्ष उमेर समूहलाई लिइन्छ । चौधरीले किशोरावस्थामा गर्भवती भएका आमाको मृत्यु दर हुनसक्ने सम्भावना बढी हुने हुँदा यसको न्यूनीकरणका लागि सबैको सहकार्य र परिवार योजनामा जानुपर्नेमा खोचो औंलाए । प्रत्येक महिलाको सुरक्षित मातृत्व र प्रजनन अधिकार संविधानमै उल्लेख छ ।

‘हाम्रो प्रदेशमा प्रजनन दर राम्रो छ’उनले भने, ‘तर, हामी किशोरी प्रजनन दर घटाउनको लागि त्यो समूहमा पुग्नुपर्ने चुनौती छ ।’गर्भनिरोधक साधनको पहुँच र प्रयोगको कमी आएकामा किशोरीहरुमा अनिश्चित गर्भ बढ्ने देखिन्छ ।

५१ लाख जनसंख्या रहेको लुम्बिनीमा प्रदेशमा ११ लाख प्रजनन उमेर समूहका महिलाहरू छन् । जसको क्षेत्रमा निर्देशनालयले काम गर्दै आएको छ । 'व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार' नाराका साथ यस वर्षको नवौं राष्ट्रिय परिवार योजना दिवस मनाइँदै छ ।

स्वाथ्य निर्देशनालय परिवार योजना कार्यक्रमका फोकल पर्सन कौशल कुमार भण्डारीले किशोरी आमा बन्ने क्रमलाई घटनाउन निर्देशनालय मुस्लिम समुदायमा परिवार योजना कार्यक्रम लगिएको बताए ।

प्रकाशित : आश्विन २, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×