कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानाध्यापक कुट्ने चार युवक पक्राउ

माधव अर्याल

पाल्पा — पाल्पाको माथागढी गाउँपालिका–५, सिर्जना प्राविका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेलाई कुटपिट गरेको आरोपमा चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने माथागढी गाउँपालिका–५, का २१ वर्षीय यामबहादुर सारु, १९ वर्षीय सुन्दर घर्ती, २१ वर्षीय योगेन्द्र चौहान र २१ वर्षकै पारस रेग्मी रहेका छन् ।

प्रधानाध्यापक न्यौपानेलाई चार जना युवकले ज्यान मार्ने हेतुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

युवाहरूको कुटपिटबाट न्यौपाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न युवकहरूविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : आश्विन १, २०७९ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?