कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती नदीको बहाव खतरा तहभन्दा माथि 

ठाकुरसिंह थारु

नेपालगन्ज — तीन दिनदेखिको लगातार वर्षापछि राप्ती नदीको बहाव खतराको संकेतभन्दा माथि पुगेको छ । गाउँमा बाढी पस्न सक्ने भन्दै तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आपत्कालीन साइरन बजाइएको छ । स्थानीय प्रशासनले उद्धार टोली तयारीमा अवस्थामा राखेको जनाएको छ । 

बाँकेको कुसुमस्थित जलमापन केन्द्रका अनुसार नदीमा पानीको सतह शनिबार बिहानसम्म ५ दशमलव ५८ मिटर पुगेको छ । राप्ती नदीमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेपछि खतरा मानिन्छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले पहाडी जिल्लामा अझै पनि वर्षा भइरहेका कारण राप्ती नदीको सतह बढ्न सक्ने खतरा रहेका कारण सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण तटीय क्षेत्रका होलिया, गंगापुर, मटैया, बेतहनी, कम्दी, बनकट्टी, फत्तेपुर, विनौना, वैजापुर, कचनापुर, महादेवपुरीलगायतका हजारौ सर्वसाधारण डुबानमा पर्दै आएका छन् ।

प्रकाशित : आश्विन १, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?