कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भन्सार छलेर ल्याइएको दुई ट्रक चिनी र चामल बरामद

माधव ढुंगाना

भैरहवा — शसस्त्र प्रहरी बल रुपन्देहीले बिहीबार दुईवटा ट्रकमा भन्सार छलेर ल्याइएको १ करोड रुपैयाँभन्दा बढी मूल्यको चिनी र चामल बरामद गरेको छ ।२७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनास्थित हुलाकी सडक खण्डबाट भन्सार छलेर भित्र्याइएको ६ सय ३८ बोरा  चिनीसहित ढुवानी गरिएको ना ४ ख ४१२९ नम्बरको ट्रक बरामद गरेको हो ।

भन्सार छलेर ल्याइएको दुई ट्रक चिनी र चामल बरामद

उक्त ट्रकका चालक प्यूठानस्थित माण्डबी गाउँपालिका–३, नयाँ गाउँ बस्ने २४ वर्षीया विनोद थापालाई पनि नियन्त्रणमा लिई थप कारबाहीका लागि बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए । उक्त गणकै सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको अर्को टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा पूर्वबाट भैरहवातर्फ आउँदै गरेको ना ३ ख ६३२५ नम्बर ट्रकबाट भन्सार छलेर भित्र्याइएको १ सय बोरा चामल बरामद गरेको छ ।

सशस्त्रको टोलीलाई देख्नासाथ उक्त ट्रकका चालक ट्रक रोकेर फरार भएपछि टोलीले ट्रकलाई नियन्त्रणमा लिई जाँच गरेको थियो । बरामद गरिएको उक्त ट्रक र चामललाई बिहीबार नै भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ । दुईवटै ट्रक र ती ट्रकबाट बरामद गरिएको सामानको मूल्य १ करोड ३८ लाख रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×