२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बर्दिया २ मा राणासहित सात जना सिफारिस

कमल पन्थी

बर्दिया — आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि बर्दियामा कांग्रेसले उम्मेदवार सिफारिस गर्न थालेको छ । निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभाका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको नाम सिफारिस भएको छ । उनको माइत क्षेत्र नम्बर २ मा पर्द्छ ।

बर्दिया २ मा राणासहित सात जना सिफारिस

उनी कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस भएकी छन् ।

कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी राणासहित यस क्षेत्रबाट सात जनाको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सचिव जग्गाप्रसाद पाण्डेले बताए । प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा सहमहामन्त्री किशोरसिंह राठौर, पार्टी सभापति अरुणसिंह राठौर, जन्मजय तिमिल्सेना, जग्गा पाण्डे, परशुराम थारु र भागीराम चौधरी रहेको सचिव पाण्डेले बताए ।

यस क्षेत्रमा वामदेव गौतमलाई पराजित गरेका सांसद संजय गौतम लगायतका नाम सिफारिस सूचीमा राखिएको स्रोतले बतायो । सिफारिस सूचीमा महेन्द्र शर्मा, नेत्र राना भाट, गंगाधर पोडेल, यमनाथ घिमिरे, विवेक राज भण्डारीलगायत रहेका छन् ।

प्रकाशित : भाद्र १८, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?