कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

बर्दियामा सशस्त्र प्रहरीद्वारा अवैध काठ बरामद

कमल पन्थी

बर्दिया — सशस्त्र प्रहरी बल ३१ नम्बर गणले अवैधरुपमा काठ ओसार गर्न लाग्दा साल जातका गोलिया काठ बरामद गरेको छ । गुलरिया नगरपालिका–१ गाउँ नम्बर १६ स्थित भारतबाट अवैध रुपमा भित्राइएको साल बरामद गरेको हो ।

बर्दियामा सशस्त्र प्रहरीद्वारा अवैध काठ बरामद

करिब ३३ क्यूफिट अन्दाजी साढे ८१ हजार मूल्य बराबरको काठ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताए । साइकलमा काठ लिई आउँदै गरेका तस्करका भरिया फरार भएको उनले बताए ।

बरामद काठ आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय बर्दियालाई बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

केही समययता भारतबाट अवैध रुपमा भित्राइएका काठ सशस्त्र प्रहरी बलले बरामद गरी वन कार्यालयलाई बुझाउँदै आएको छ ।

प्रकाशित : भाद्र १७, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x