कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

बढैयातालका करार कर्मचारी आन्दोलित

कमल पन्थी

बर्दिया — म्याद थप नगरिएको लगायत पाँच बुँदे माग राख्दै बुधबारदेखि बढैयाताल गाउँपालिकाका करारका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बढैयाताल गाउँपालिकाको मूलद्वारमा तालाबन्दी गरी धर्ना दिएका छन् । 

बढैयातालका करार कर्मचारी आन्दोलित

‘श्रम शोषण नगरी सरकारले तोकेअनुसार पारिश्रमिकको व्यवस्था गरियोस्’, ‘करारका कर्मचारीलाई दीर्घकालीन व्यवस्था गरियोस्’ लगायत माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको नेतृत्व गरेका विष्णु घिमिरेले करारका कर्मचारीलाई कामकाज गराउने व्यवस्था नगरिएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले आफ्ना माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने उनले जनाए ।

बढैयाताल गाउँपालिकाले ३८ जना करारका कर्मचारीलाई साउन १ गतेदेखि म्याद थप गरेको छैन । पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले महालेखा परिक्षकले विगतमा राखिएका करारका कर्मचारीबाट बेरुजु आएकाले म्याद थप नगरेको बताए ।

‘नियमसम्मत नभएकाले करार कर्मचारीको म्याद थप गर्ने अवस्था छैन,’ उनले भने‚ ‘कर्मचारी हटाउने हाम्रो उद्देश्य होइन; महालेखाले राख्न नमिल्ने भनेको छ ।’ आन्दोलनका कारण कार्यालयभित्र कर्मचारी प्रवेश गर्न नपाउँदा कामकाज प्रभावित भएको छ ।

प्रकाशित : भाद्र १५, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×