कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीका विभिन्न नाकामा थप कडाइ

माधव ढुंगाना

भैरहवा — चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी पैठारी नियन्त्रणका लागि थप कडाइ गरिने भएको छ । 

रुपन्देहीका विभिन्न नाकामा थप कडाइ

जिल्ला प्रशासन कार्यालयमा बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको राजस्व चुहावट नियन्त्रण समिति बैठकले चोरी पैठारी हुन सक्ने शंकास्पद स्थान पहिचान गरेर कडाइ गर्ने निर्णग गरेको हो । त्यसका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजस्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरुले भारतीय सीमा नाकाबाट हुन सक्ने चोरी पैठारीको उच्च जोखिम रहेका स्थानहरुमा प्रभावकारीरुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

‘राजस्व अनुन्धान कार्यालयले सुराकीसमेत परिचालन गरी अनुसन्धान कार्यलाई थप विस्तार गर्ने छ,’ प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

बैठकले सिद्धार्थनगरको पक्लिहवास्थित दशगजासँगै जोडिएर लाग्ने गरेको फरेनिया बजारमा नेपालतर्फबाट मानिस आउजाउ गर्दा चोरी पैठारी तथा राजस्व चुहावटको उच्च जोखिम रहेकोले उक्त स्थानबाट भारततर्फ आउ/जाउमा लगाइएको रोकलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

प्रकाशित : भाद्र ९, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?