कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रहरीमाथि दुर्व्यवहार गर्ने नुवाकोट बेलकोटगढीका ३ पक्राउ 

नुवाकोट — बेलकोटगढी नगरपालिका ९ मा मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय रामबहादुर तामाङ, २१ वर्षीय मानबहादुर तामाङ र २० वर्षीय सुवास तामाङ छन् ।

मादक पदार्थ सेवन गरी होहल्ला गरी हिँडिरहेका उनीहरुलाई सम्झाउन खोज्दा प्रहरीलाई नै गालीगलौज तथा हातपातसमेत गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले जानकारी दिए । उनका अनुसार युवाहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित : भाद्र ७, २०७९ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×