कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

दाङमा ८ बन्दकर्ता पक्राउ

दुर्गालाल केसी

दाङ — नेपाल बन्दका क्रममा सडकमा अवरोध गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराहीबाट चार र तुलसीपुरबाट चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजन गौतमले बताए ।

दाङमा ८ बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी समाजवादीले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित छ । सडकमा अवरोध गर्न खोज्नेहरुलाई पक्राउ गर्ने गरिएको गौतमले बताए ।

पूर्व पश्चिम राजमार्ग लगाएत स्थानीय रुटमा सञ्चालन हुन चाहने गाडीहरुलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याइरहेको उनले जानकारी दिए । सडकमा सुरक्षा व्यवस्था कडा पारिएको र कतै पनि केही अप्रिय घटना हुन नपाएको उनले बताए ।


प्रकाशित : भाद्र ७, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×