२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बर्दियामा ट्याक्टरसहित अवैध काठ बरामद

कमल पन्थी

बर्दिया — अवैधरुपमा बाँकेको खजुरा पुर्‍याउन लागिएको काठ प्रहरीले बरामद गरेको छ । बाँके लैजाने क्रममा जाँच गर्दा मानखोलास्थित सशस्त्र प्रहरी बलको पोस्टले ट्याक्टरसहित काठ बरामद गरेको हो ।

बर्दियामा ट्याक्टरसहित अवैध काठ बरामद

भे १ त ७००८ नम्बरको ट्याक्टरमा लोड गरी ४६ दशमलव ८२ क्यूफिट काठ बरामद गरेको सशस्त्र प्रहरी बल ३१ नम्बर गण, बर्दियाले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढा मगरले बरामद गरिएको काठ साल र सागुवन जातको करिब १ लाख ४१ हजार मूल्यको भएको बताए ।

काठसँगै ट्याक्टर र चालक गुलरिया नगरपालिका–८ का ३२ वर्षीय शम्भु लोधलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई सब डिभिजन वन कार्यालय बासगढीलाई कारबाहीका लागि बुझाइएको छ । बरामद गरिएको काठ छुट पुर्जी लगायत कुनै खरिद बिक्री गरेको कागजात नभएको सप्रउ बुढा मगरले जनाए ।

प्रकाशित : भाद्र ३, २०७९ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको सहमति बेगर कुनै निर्णय हुननसक्ने व्यवस्थासहितको विधेयक संसदीय समितिबाट पारित भएकोबारे तपाईंको धारणा के छ ?