कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउन ध्यान दिएको छु : नगरप्रमुख खाँण

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वच्छ खानेपानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् । उनले स्थानीय सरकारले त्यसलाई विशेष ध्यान दिएको बताए । 

नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउन ध्यान दिएको छु : नगरप्रमुख खाँण

शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २४ औं साधारणसभाको बुधबार योगीकुटीमा उद्घाटन गर्दै खाँणले हरेक नगरवासीलाई स्वच्छ खानेपानी पर्याप्त मात्रामा उपलब्ध गराउनु पर्ने बताए । पानीको स्वच्छता र पर्याप्ततालाई ध्यानमा राखेर वितरण प्रणालीलाई वैज्ञानिक बनाउनु पर्नेमा उनले जोड दिए ।

देशको विकास र समृद्धिका लागि तीन तहकै सरकार सँगै हरेक संघसंस्था पारदर्शी ढंगले चल्नु पर्ने भन्दै उनले तिलोत्तमा नगरलाई भ्रष्टाचारमुक्त बनाउँदै विकास र समृद्धिमा अगाडि बढाउन सबैको हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगरका सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउनु पर्नेमा जोड दिइन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधि पोखरेलले ११ वटा खानेपानी आयोजना संचालन भइरहेको र अबको दुई वर्षमा ती आयोजना पूरा हुँदा सम्पूर्ण रुपन्देहीवासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने जानकारी दिए ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त कार्यालय प्रमुख अतुलेशकुमार कर्णले खानेपानी, सरसफाई र ढल निकासको उचित व्यवस्थापनमा सबैको सहयोग र सहकार्य आवश्यक भएको बताए ।

प्रकाशित : भाद्र १, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?