कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदरसा शिक्षा समिति उपाध्यक्षमा मशहूद खाँ नियुक्त

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मशहूद खाँलाई नियुक्त गरेको छ । 

मदरसा शिक्षा समिति उपाध्यक्षमा मशहूद खाँ नियुक्त

मदरसा शिक्षालाई मूलधारमा ल्याउन बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मौलाना खाँलाई उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए । खाँ कपिलवस्तु कृष्णनगर नगरपालिका ३ का स्थायी बासिन्दा हुन् । यसअघि शंकर पोखरेल मुख्यमन्त्री भएका बेलासमेत महसहूदलाई उपाध्यक्षमा नियुक्त गरिएको थियो । यद्यपि उनको शपथ गर्ने र जिम्मेवारी सुम्पने काम भएको थिएन । यसअघि उनी मदरसा संघका केन्द्रीय महासचिव रहेका थिए ।

भाषा आयोग र पाठ्यक्रम विकास केन्द्रको उर्दू विज्ञसमेत रहेका छन् । मदरसाबाट फजिलत (स्नाकोत्तर) गरेका उनी उर्दु फाजिजामिया सिराजुल उलुम र जमियत अलहेराको प्रवक्ता रहेका छन् । उनी मातहतका सदस्यहरु शिक्षा तथा खेलकुद मन्त्रालयले नियुक्त गर्नेछ । जसको अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री रहने नियम छ । यसअघि लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कायविधि २०७६ तयार गरेको थियो । त्यसमा मुस्लिम समुदायको अरबी र उर्दू भाषामा अध्यापन र तालीम दिने शैक्षिक संस्था मदरसालाई व्यवस्थापन गर्न समन्वय समिति गठन गर्ने उल्लेख छ । लुम्बिनीमा करिब ७ प्रतिशत मुस्लिम छन् । झण्डै १ हजार मदरसा छन् । त्यसमा मान्यता प्राप्त ४ सय १७ मदरसा छन् ।

प्रकाशित : भाद्र १, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?