कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनी अस्पतालमा बन्यो १५० शय्याको प्रसूति भवन

२६ करोड ५१ लाख ७५ हजार लागतको भवन बिहीबार हस्तान्तरण
अमृता अनमोल

बुटवल — बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा १ सय ५० शय्याको प्रसूति भवन निर्माण भएको छ । लुम्बिनी, गण्डकी प्रदेशसहितका १४ जिल्लाका जटिल खालका प्रसूतिसम्बन्धी समस्याका नागरिक आउने अस्पतालमा चार तले सुविधासम्पन्न भवन बनाइएको हो ।

लुम्बिनी अस्पतालमा बन्यो १५० शय्याको प्रसूति भवन

सहरी विकास मन्त्रालयअन्तर्गत संघीय आयोजना तथा कार्यान्वयन इकाई रुपन्देहीले २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो ।

सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बिहीबार संयुक्तरुपमा भवन उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले प्रसूति भवनले बुटवल र आसपासका बिरामीहरुलाई ठूलो राहत पुग्ने बताए । उनले भवनको अधिकतम उपयोग गर्न एवं बिरामीहरुलाई सहजरुपमा गुणस्तरीय सेवा दिन आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले प्रसूति भवन निर्माणले आमा र बच्चाको स्वास्थ्यका लागि गुणस्तरीय सेवा दिन सहज हुने बताए । उनले मुटु, मिर्गौला तथा क्यान्सरजस्ता रोगका कारण बर्सेनि ५ लाख नेपाली गरिबीको रेखामा पर्ने गरेको तथ्यांक देखिएको भन्दै अब सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सुविधासम्पन्न प्रसूति भवनले जटिल खालको प्रसूति सेवा दिनसमेत सहज हुने बताए । अपाङमैत्री र लिफ्टको व्यवस्था रहेको भवनमा इर्मेजेन्सी, आइसीयू, एनआइसीयू, मेजर एण्ड माइनर, ओटी, पोस्ट अपरेसन रुम, मातृशिशु वार्ड, बच्चाको खोप कक्षहरु बनाइएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा वार्षिक १३ हजारले प्रसूति सेवा लिने गरेका छन् ।

प्रकाशित : भाद्र १, २०७९ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?