कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन

अमृता अनमोल

बुटवल ­ — बुटवल ­रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ । ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवास निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन

पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । पछिल्लो समय सम्पादन सल्लाहकार रहेका पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आएका थिए ।

पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल लेखक तथा साहित्यकार समेत हुन् । पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले बताए ।

प्रकाशित : श्रावण ३१, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?