कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा ५५ वर्षीय पुरुष मृत भेटिए

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुर नगरपालिका–५, मटेरीका ५५ वर्षीय मनबहादुर विक शुक्रबार दिउँसो मृत अवस्थामा भेटिएका छन् ।

प्रहरी कार्यालयका अनुसार घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा विक मृत अवस्थामा भेटिएका हुन् ।

बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृगौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीन पटक शल्यक्रिया गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

के कारणले घटना भयो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक गौतम बोहोराले जानकारी दिए ।

प्रकाशित : श्रावण २७, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?