कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पश्चिम नवलपरासीका नासुद्वारा असमान तलबको विरोधमा पेनडाउन 

नवीन पौडेल

परासी — असमान तलबमानको विरोधमा पश्चिम नवलपरासीमा कार्यरत नायब सुब्बाहरुले बुधबार पेन डाउन गरेका छन् । मगंलबार विरोध स्वरुप जिल्लाभरीमा नासु विदामा बसेर विरोध जनाएका थिए । जसको कारण मंगलबार जिल्ला भरको सरकरी काम प्रभावित भएको थियो ।

पश्चिम नवलपरासीका नासुद्वारा असमान तलबको विरोधमा पेनडाउन 

जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित बुधबार विहान १० बजे देखि ११ बजेसम्म पेन डाउन गरीएको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताए । आन्दोलनको कारण १ घण्टा जिल्ला प्रशासनको कामकाज रोकीएको थियो ।

सरकारले मर्यादाक्रम मिलाउने नाममा माथिल्लो तहका कर्मचारीको तलब बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेपछि नासुहरु विरोधमा उत्रिएका हुन् । सरकारले आफ्नो माग बारे सुनुवाई नगरेमा थप आन्दोलित हुने कर्मचारीहरुको चेतावनी छ ।

प्रकाशित : श्रावण २५, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?