कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडा कार्यालयद्वारा परम्परागत बाजा वितरण

रूपा गहतराज

नेपालगन्ज — कला, संस्कृति संरक्षणका लागि भन्दै राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ कार्यालयले स्थानीय समुदायलाई परम्परागत बाजा वितरण गरेको छ ।

वडा कार्यालयद्वारा परम्परागत बाजा वितरण

वडा कार्यालयको बजेटमार्फत् लक्षित समुदायलाई ३ वटा दमाहा, ट्याम्के, मादल, सहनाइ र झ्याली उपलब्ध गराएको हो ।

स्थानीय दलित समुदायले विशेष पर्वमा बाजागाजा बजाएर आम्दानी गर्दै आएकाले उक्त पेसालाई अझै परिस्कृत गर्न र आम्दानी बढाउन बाजा वितरण गरिएको वडाअध्यक्ष लवराज खरेलले बताए ।

‘भएका बाजाहरू पुरानो भएकाले काम लाग्ने थिएनन् । त्यसैले नयाँ बाजा किनेर दिएका हौं,’ अध्यक्ष खरेलले भने, ‘ अहिले सात वटा बाजा मात्र वितरण गरेकाले अरु थप बाजा पनि वितरण गर्छौं।’

उक्त सामग्री खरिद गर्न वडा कार्यालयले उनीहरूलाई ७५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । सोही रकमबाट बाजाका सामग्री खरिद गरेर ल्याइएको वडाअध्यक्ष खरेलले बताए ।

परम्परागत सामग्री पाउँदा आफूहरूलाई निकै राहत मिलेको स्थानीय हरी परियारले बताए ।उनका अनुसार वडाको महेमानपुरका १५ परिवार दलित समुदायले अझै पनि चाडबाड, बिहे संस्कारमा बाजा बजाएर आयआर्जन गर्ने गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?