कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेसुंगाले छात्रवृत्तिस्वरूप ४ हजार दिने

कान्तिपुर संवाददाता

गुल्मी — गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न रेसुंगा नगरपालिकाले ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले एसईईमा ३.२० वा त्यसभन्दा धेरै जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

रेसुंगाले छात्रवृत्तिस्वरूप ४ हजार दिने

पालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्नेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । ‘शैक्षिक पलायन, बसाइँसराइजस्ता प्रमुख समस्या रोक्न र नगरभित्रको शैक्षिक गुणस्तरलाई सुधार्ने उद्देश्यले नगरभित्रका शैक्षिक संस्थाहरूलाई शैक्षिक रूपमा चलायमान बनाउनका निम्ति विशेष शैक्षिक अभियान सुरु गरेका छौं,’ नगरप्रमुख खिलध्वज पन्थीले भने, ‘कार्यक्रमले नगरको शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नुका साथै समग्र गुल्मीको शैक्षिक क्षेत्रलाई उच्च स्थानमा पुर्‍याउन मद्दत गर्नेमा आशावादी छौं ।’

पालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार एसईईमा ३.२० जीपीए ल्याएका विद्यार्थीलाई उपलब्ध गराइने छात्रवृत्तिमा दुईथरी विद्यार्थी सहभागी हुने छन् । पहिलो, जुनसुकै जिल्लाको बासिन्दा भए पनि रेसुंगाभित्रका शैक्षिक संस्थामा पढेर एसईई दिई अब उच्च मावि पनिपालिकाभित्रकै शैक्षिक संस्थामा पढ्नुपर्ने छ । दोस्रो, रेसुंगा नगरपालिका स्थायी ठेगाना भई देशका जुनसुकै विद्यालयबाट एसईई दिए पनि अब रेसुंगाभित्रकै शैक्षिक संस्थामा पढ्नु पर्ने छ । रेसुंगाभित्रकै शैक्षिक संस्थामा अध्ययन गरी गत एसईई परीक्षामा ३.२० जीपीए ल्याउने विद्यार्थी १ सय ४६ जना छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?