कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा राजस्व छली गरेका सामान बरामद 

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका–६, बसपार्क प्रहरी चौकीले जाँच गर्ने क्रममा राजस्व छली गरेका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बेलुकी साढे ८ बजेतिर बुटवलबाट पाल्पा आउँदै गरेको जिपमा राजस्व छली गरेर ल्याएका सामग्री बरामद भएको हो ।

पाल्पामा राजस्व छली गरेका सामान बरामद 

प्रहरीले विभिन्न आकारका कराई ८०, फेन्सी कराई ७७, कसौडी १ सय ५२, पटकुकर १२९ वटा बरामद गरेको जनाएको छ । कुनै पनि सामानको बिल दिन नसकेको र भारतीय बजारबाट ल्यााएको हुन सक्ने प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश ०१ ०२५ च ८३८८ नम्बरको पिकअप जिपमा रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का १९ वर्षीय रुपेश साह, रौतहटकै डमरियाका २७ वर्षीय भोजेन्द्र चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धनन कार्यालय बुटवल पठाइएको प्रहरीका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सामान करिब १ लाख ९७ हजार १ सय मूल्य बराबरको रहेको छ।


प्रकाशित : श्रावण १८, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?