कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषधसहित तीन जना पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले ५ सय ५० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

भारतबाट लागूऔषध नेपाल भित्र्याउने क्रममा बढेयाताल गाउँपालिका—८ स्थित दशगजाबाट शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरूबाट प्रहरीले लागूऔषध फेला पारेको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

पक्राउ पर्नेमा दुई जना मधुवन नगरपालिका—५ का बासिन्दा हुन् भने एक जना मधुवन वडा नं ६ का हुन् । प्रहरी प्रवक्ता एंव जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीका अनुसार पक्राउ पर्नेमा ललित बहादुर गुरुङ, समीर कार्की र किरण वंशी मगर रहेका छन् ।

मगर मधुवन वडा नं ६ का हुन् भने गुरुङ र कार्की वडा नं ५ का हुन् । उनीहरूबाट एक थान पल्सर मोटर साइकल र तीन थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जना आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?