कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दाङमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२ बाहुनेपाटाका २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको सोमबार घरमै करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।

करेन्ट लागेर बासुकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छिन् । भिमालाई घरभित्र कपडा सुकाउने क्रममा करेन्ट लागेको थियो । भिमालाई बचाउन खोज्दा हिमा र हिमालाई बचाउन खोज्दा बासुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तारलाई लट्ठीले हानेर छुटाउन खोज्दा तार नै चुँडिएपछि श्रीमान्–श्रीमतीलाई नै करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको शाहले बताए ।

प्रकाशित : श्रावण १६, २०७९ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?