कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कार आरोपमा एक पक्राउ

गगनशिला खड्का

गुल्मी — गुल्मीको इश्मास्थित १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इश्मा गाउँपालिका वडा नं ४ का भुपाल अधिकारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी माधवराज खरेलका अनुसार आरोपित अधिकारीले मंगलबार घुम्न जाने भन्दै ललाइ फकाइ बालिकामाथि बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘अमरपुरबाट फूपुको घरमा गएकी ती बालिकालाई अभियुक्तले मंगलबार बेलुका ७ बजे घुम्न जाउँ भन्दै लगको र पाँच सय रुपैयाँ दिई खरबारीमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ,’ डीएसपी खरेलले भने ।

दुई विवाहसमेत गरेका अधिकारी नेपाली सेनाका भगौडा हुन् । बलात्कारको सूचना पाएपछि प्रहरीले आरोपित अधिकारीलाई पक्राउ गरेर अनुसन्धान गरिहेको खरेलले बताए ।

प्रकाशित : श्रावण ११, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?