३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन पसलबाट नगद र गहना चोरी‚ सीसीटीभीको ‘हार्डडिस्क’ समेत लगे

कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका-९ भादा बजारमा बुधबार बिहान करिब २ बजे एक सुन पसलमा रहेको नगद र गरगहनासहित सीसीटीभीको हार्डडिस्कसमेत चोरी भएको छ ।

कतरनिया बजारस्थित सुनचाँदी पसलमा नगद १ लाखसहित १८ तोलाभन्दा बढी सुन लुटेको भन्दै पीडितले प्रहरीमा कार्यालयमा उजुरी गरेका छन् ।

पीडित अर्जुन घिमिरेको डेराबाट करिब ५ सय मिटर दूरीमा रहेको पसलमा मुखमा मास्क लगाएर आएका डकैत समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । घिमिरेलाई बाँधेर बनाएर पसलको ताल्चा खोल्न लगाई धानमाल लुटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी प्रवक्ता डीएसपी सूर्य सुवेदीले बताए ।

घिमिरेका परिवारलाई घरमै थुनेर केहीले पहरा दिई अन्यले पसलमा लुटपाट गरेका थिए । हातहतियारसहित आएका डकैतले पसलमा रहेको सीसीटिभीको हार्डडिक्स पनि लगेका छन् ।

करिब ६/७ जनाको समूहले लुटपाट गरेको पीडितले प्रहरीसमक्ष बताएका छन् । पूर्व-पश्चिम राजमार्गस्थित कतरनिया बजार नजिकै प्रहरी चौकी भए पनि राति त्यहाँ प्रहरी गस्ती भने नभएको स्थानीयले बताए । घटनास्थलमा अनुसन्धानका लागि प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाही पुगेका छन् । प्रहरीले आसपासका क्षेत्रलगायत सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको डीएसपी सुवेदीले जनाए ।

प्रकाशित : श्रावण ११, २०७९ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?